यो काठमाडौँ पनि अनौठो ठाँउ छ। एकतिर पजेरो  चढ्ने मान्छेको ताँति, अर्को तिर २० रुपौँया-गोटा चप्पल बेचेर गुजारा गर्ने मान्छे। फलफुल बेच्ने बूढाबूढी र बच्चा-बच्ची च्यापेर फर्सीको मुन्टा बेच्ने आइमाईहरू अनि पत्रिका बेच्ने स-सना केटाकेटी। र छेवैमा बिदेशी ब्रेण्डका लुगा लाउने केटाकेटी। Read the rest of this entry »

वाचा

May 31, 2007

नेपालीमा व्लग शुरू गर्ने बेलामा मलाई टन्न मान्छेले सोधेका थिए- “सक्छ्यौ?” विश्वासका साथ सक्छू भनिँन मात्र, मलाई रिस पनि उठ्यो, “ए, मेरो नेपाली नराम्रो छ भनेको?” व्लग शुरू गर्दा मैले आफूसित वाचा गरेकीथिएँ- अब नेपालीमा आफ्नो लेखाइ सपार्छु।

म नेपाली बोल्न त राम्रो बोल्छु। नेपाली मेरो मातृ भाषा हो, र म यसलाई माया पनि गर्छु। तर नेपालीमा लेख्ने बानी उसै त कम, त्यसमाथि ए लेभल पढ्न थालिपछिको त कुरै अर्कै भयो। हुन त नेपाली पढ्दैखेरी पनि जीवनी र व्याकरण पढेर फुर्सदै भएन। लेख रचना लेख्ने प्रोत्साहन थोरै मात्र भयो।

मेरो डायरीमा मैले सुरूदेखिनै अङ्ग्रेजीमा लेखेँ। डायरी शुरू गर्दा म एघार वर्ष पुगेकी थिएँ। त्यतिबेला म धेरै किताब पढ्थेँ, तर लेख्न अल्छी गर्थेँ। अङ्ग्रेजी सपार्न पनि मैले दैनिकि लेख्न शुरू गरेकी थिएँ। अब देखि आफ्नो नेपाली लेखाइ म मेरो नेपाली ब्लगमा लेखिरहन कोशिस गर्छु। मैले ठुला ठुला कृतिको शैलीमा लेख्नु पनि पर्दैन, आफ्नो अङ्गरेजी ब्लगमा जसरी सरल भाषामा लेखेर पढ्न लायक कुरा रमाएलो गरी लेख्न पाए मलाई पुग्छ। त्यति गर्न अल्छि गरेँ भने उपन्यास टाढाको कुरा मात्र होइन, असम्भव हुन्छ।

संविधानसभाको निर्वाचन पछि सारेको दोष सबैले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालई दिएका छन्। हुन त निर्वाचन पछि सारिएको कुरा समाचारले भन्नु भन्दा अगाडी पनि धेरै नेपालीहरूलाई थाह थियो, संविधानसभाको निर्वाचन जेठमा हुँदैन भनेर, तर माओवादी र एमाले लगायतका पार्टिहरू त्यो कुरा समाचारले भनोस् र गिरिजा माथि खनिन पाइयोस् भनेर बसेका थिए।

त्यो समाचार आएपछि पत्रिकामा छापिएका लेख र ‘सम्पादकलाई चिठि’ हरूमा गिरिजाका बिरूद्धमा लेखिएका कुरा पढ्न पाइयो। गिरिजालाई ‘पन्छाउन’ मिल्दैन भन्न त फ्याशन (fashion) नै भयो, मान्छेहरू उनलाई स्वार्थी पनि भन्न थाले। माओवादीले त झनै गिरिजाले आफूलाई बचाउन निर्वाचन पछि सारेको पनि भने। माओवादीका एक सांसद, सुरेश आलेमगरले त निर्वाचन आयोगका मान्छे फेर्नुपर्छ पनि भने। आयोगका मान्छे फेरेर साँच्चै नै केही हून्छ त?

हुन त माओवादीको जे पायो त्यही र जथाभावी बोल्ने बानी धेरैलाई पचिसक्यो। “खेलाले बगायो’ त त्यसको पराकाष्टा नै थियो। अनि कान्तिपूर टिभीमा फायरसाइड (Fireside) मा माओवादीका निस्काशित पोलिटब्यूरो सदस्य रविन्द्र श्रेष्ठको अन्तर्वाता हेर्नुभयो भने तपाईँलाई यो कुरा थाहै होला। माओवादीले सत्तामा आउन (सत्तालाई ढाल्न र आफ्नो हातमा शक्ति लिन) राजा र भारत सँग मिल्ने कुरा गरेछन्, तर अन्त्यमा उनीहरू पार्टीहरूसँग मिले। माओवादीले सत्तामा रहेकालाई पछार्न यी तीन शक्तिहरू सँग सहयोग लिएर पहिला सत्तामा रहेकोलाई फ्याँक्यो र आफू आयो। भनेपछि पहिले सत्तामा को थिए त? माओवादीले कसलाई पन्छार्यो? जनतालाई? Read the rest of this entry »