कविता
November 7, 2008
नेपालीमा कविता (अथवा अरू केही पनि) नलेखेको धेरै भएछ, त्यसैले थाह छैन कस्तो छ। तर कमेन्ट गरिदिनुहोला, म लेखाई सपार्न कोशिस गर्छु।
तिम्रो त्यो हाँसो सँधै रहोस् ,
र त्यो बोल्ने शैली पनि।
मेरो शुभकामना-
तिमीलाऐ मैले देख्न नपाए पनि
अरूले सुखी देख्न पाउन्।
भेट त कुनै दिन हुन्छ नै,
यो सानो सँसार
झन् झन् सानो हुँदैछ।
भेट्दा खेरी मैले अस्ति भनेजस्तै
शायद तिमी एक सुन्दर सुशिल महिला
र म पनि अर्कै मान्छेसँग हुनेछौँ
मलाऐ थाह छ, अहिले तिमीलाई
यसबारे सोच्न पनि मन छैन,
तर शायद त्यो दिन हामी सबै कुरा-
रातभर पठाएका र पाएको SMS
र FM मा सुनेका गीत-
सम्झिएर हाँस्छौँ।
मेरो चाहना यही छ-
त्यस दिन हामी दुवै भन्न सकौँ:
“म एकदमै ठिक छु। म खुसी छु।”