आश

February 26, 2008

दशैँमा हामीलाई एकजना नातेदारले सोध्नुभयो: “बाँच्नका लागी के चाहिन्छ?”

बाबाले झट्ट उत्तर दिनुभयो: “सास, गाँस र आश”

प्रश्न जसले  सोध्नुभयो, उहाँले खोजेको उत्तर त्यो थिएन, तर मलाई खूब चित्त बुझ्यो। सास र गाँस बिना त आजसम्म कोही बाँचेको नहोला, तर आश बिना बाँच्न पनि सायद सकिन्न। मैले परीवार, साथी-भाइ विना बाँचेको मान्छे देखेकी छु, सुख नजानेका मान्छै पनि चिनेकी छु। तर आश विना बाँचेको मान्छे देखेकी छैन।

हिजो कसरी हो, यो कुरा याद आयो। अनि यो कुरा सबैलाई सुनाउन मन लाग्यो।

नलेखेको धेरै भयो, चाँडै लेख्ने प्रयास गर्छु… 

Leave a Reply