प्रधानमन्त्रीको पक्षमा
April 22, 2007
संविधानसभाको निर्वाचन पछि सारेको दोष सबैले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालई दिएका छन्। हुन त निर्वाचन पछि सारिएको कुरा समाचारले भन्नु भन्दा अगाडी पनि धेरै नेपालीहरूलाई थाह थियो, संविधानसभाको निर्वाचन जेठमा हुँदैन भनेर, तर माओवादी र एमाले लगायतका पार्टिहरू त्यो कुरा समाचारले भनोस् र गिरिजा माथि खनिन पाइयोस् भनेर बसेका थिए।
त्यो समाचार आएपछि पत्रिकामा छापिएका लेख र ‘सम्पादकलाई चिठि’ हरूमा गिरिजाका बिरूद्धमा लेखिएका कुरा पढ्न पाइयो। गिरिजालाई ‘पन्छाउन’ मिल्दैन भन्न त फ्याशन (fashion) नै भयो, मान्छेहरू उनलाई स्वार्थी पनि भन्न थाले। माओवादीले त झनै गिरिजाले आफूलाई बचाउन निर्वाचन पछि सारेको पनि भने। माओवादीका एक सांसद, सुरेश आलेमगरले त निर्वाचन आयोगका मान्छे फेर्नुपर्छ पनि भने। आयोगका मान्छे फेरेर साँच्चै नै केही हून्छ त?
हुन त माओवादीको जे पायो त्यही र जथाभावी बोल्ने बानी धेरैलाई पचिसक्यो। “खेलाले बगायो’ त त्यसको पराकाष्टा नै थियो। अनि कान्तिपूर टिभीमा फायरसाइड (Fireside) मा माओवादीका निस्काशित पोलिटब्यूरो सदस्य रविन्द्र श्रेष्ठको अन्तर्वाता हेर्नुभयो भने तपाईँलाई यो कुरा थाहै होला। माओवादीले सत्तामा आउन (सत्तालाई ढाल्न र आफ्नो हातमा शक्ति लिन) राजा र भारत सँग मिल्ने कुरा गरेछन्, तर अन्त्यमा उनीहरू पार्टीहरूसँग मिले। माओवादीले सत्तामा रहेकालाई पछार्न यी तीन शक्तिहरू सँग सहयोग लिएर पहिला सत्तामा रहेकोलाई फ्याँक्यो र आफू आयो। भनेपछि पहिले सत्तामा को थिए त? माओवादीले कसलाई पन्छार्यो? जनतालाई? Read the rest of this entry »