Inspired by saynasomething.wordspress.com

उसले आफ्नो कपालले आफ्नो दाहिने आँखा छोपी, ताकि सर तिर फर्कँदा उसले उनीहरूलाई देख्नु नपरोस्। उसको टाउको तल फर्किएको छ, र उसको एउटा हातले अर्को हातका नङमा लाएको नङ्पालिस कोट्ट्याउँदै छे। उसको पछाडी बसेको मैले उसलाई हेरिरहेको उसलाई थाह छैन।   Read the rest of this entry »

लेख्न छोडेकी छैन मैले, शायद छोडेको भोलीपल्ट देखि बाँच्न अप्ठेरो हुन्छ मलाई। तर नेपालीमा  केही कुरा लेख्न मन लाग्छ, अरू धेरै अङ्ग्रेजीमा लाख्न सजिलो लाग्छ। अथवा अङ्ग्रेजीमा लेखेका कुरा छाप्न डर, लाज केही लाग्दैन। बानी नराम्रो छ, तर छोड्न उत्तिकै अप्ठेरो।

हुन त नेपालीमा टाइप गर्ने बानी नभएर पनि होला, लेख्न त्यति अप्ठेरो भएको, तर अभ्यास गरे नजानिने कुरा केही छैन भनेर बिर्सन हुन्न मैले। अल्छिपनकै कारणले होला, मलाई नेपालीमा लेख्न विषय गह्रौँ हुन पर्छ जस्तो लाग्छ, अथवा छाप्ने बेला त्यस्तो लाग्छ। मैले आफ्नो अङ्ग्रेजी ब्लगमा प्रेम कविता राखेकी छु, हेरे हुन्छ।

अहिलेलाई यति नै,
मैच्याङ