हिँडेर स्कूल आउने जाने गर्ने भएकोले होला, टेम्पोमा खालखालका मान्छे देखेर म रमाउँछु। अरूको सजिलो अप्ठेरोको कुनै मतलब नगरी हुन सम्म गरी खुट्टा फाडेर बस्ने मान्छे, काठमाडौँ पहिलो पटक आएकी छोरीलाई बाटोका ठाँउहरू देखाउने आमाहरू, अमेरिका जान खुट्टा उचालेका ठिटा ठिटी, बेहोरा नभएका केटाकेटी र उनीहरूका बा-आमा, र घुन्साको हेलिकप्टर क्र्याशका र राजनीतिका कुरा गर्ने सरकारी कर्मचारी, टेम्पोमा सबैको भेट हुन्छ। कतिपय अवस्थामा त मान्छेहरू देखेर बेस्सरी हाँस उठ्छ। तर एक्लै हाँस्दा पागल जस्तै देखिन्छ र म मरी मरी हाँसो दबाउँछु।

शुक्रबारको दिन बिहान बालुवाटारबाट मङ्गल बजार जाने टेम्पोमा घर फर्कँदै थिएँ। बाहिर जिल्लाबाट आएका भनेर छिनिने एक जना महिला र उनकी छोरी टेम्पोमा चढे। बाटोमा आमाले छोरीलाई काठमाडौँका ठूलठूला ठाँउ चिनाउँदै थिइन्- यो पुलिसको अफिस, यो सिंह दरबार- मन्त्रालयहरू हुन्छन् यहाँ भित्र… मन्त्रीहरूको अफिस… मन्त्रालय पछि सचिवालय र त्यसदेखि मुनी मात्र कार्यालय… सिंह दरबारको दक्षिण ढोकाबाट सर्वसाधारणलाई छिर्न दिन्छ… तर चेक गराएर मात्र, सर्वोच्च अदालत- टूल ठूला मुद्दा लाउने यहिँ हो, माइतिघरको मन्डल- के के कार्यक्रम भइरहन्छ यहाँ… धर्नाहरू…, बागमति पूल… हो त… पशुपतिदेखि यहाँसम्म बग्छ… खोला हो नि त। Read the rest of this entry »

January 7, 2007

नेपाली ब्लगहरूको तालिकामा Top Blog मेरो रहेछ, अनि Top Post पनि। मैले कसैलाई पनि (बाबा बाहेक) address दिएकी त थिइँन… त्यहि पनि, खुसी लागेको छ।

“नेपालीमा सबै भन्दा बढी कल्ले पायो होला?” मिसले सोध्नु भयो।
बिभिन्न विद्दार्थीका नाम अगाडी आए। आफ्नो नाम अगाडी नआएकोमा मेरो अलिअलि चित्त पनि दुख्यो। सबै भन्दा बढी मेरै आएको रहेछ- ९५। कक्षा ३को कुरा हो। Read the rest of this entry »